प्रदेश २ सरकार ! जनताको ज्यान सग खेलवाड नगर , भेन्टिलेटर र क्वारेन्टाइन बढाउ
जनता सग भेदभाव कहिले सम्म ? कोरोना भाइरसको फैलावट रोक्ने अचूक उपायका रुपमा क्वारेन्टाइन नै हो । त्यसैअनुसार मुलुकभर कोभिड १९ सङ्क्रमणको जोखिम बढ्दै जाँदा तीनै तहका सरकारहरुले लकडाउन शुरु हुने बित्तिकै क्वारेन्टाइन पनि सञ्चालन गर्न थालेको थियो । कोरोनाको सङ्क्रमण एक पछि अर्को ठाउँमा फैलिएसँगै यसको सङ्क्रमणबाट जोगिन सङ्घीय सरकारले देशैभर लकडाउन र सबै तहका सरकारहरुलाई क्वारेन्टाइन निर्माण गर्न र सङ्क्रमणसँगको एक्सपोजरबाट आएकाहरुलाई निश्चित समय क्वारेन्टाइनमा बसाल्न आदेश जारी गरेको थियो । देशमा सबैभन्दा पहिला चीनको वुहानबाट ल्याइएका विद्यार्थीहरुलाई क्वारेन्टाइनमा राखेयता कोरोना फैलिएको देशबाट आएका मानिसहरुलाई क्वारेन्टाइनमा राख्न थालिएको थियो।भारतमा तीव्र गतिमा कोरोना फैलिदै गर्दा त्यहाँ रहेको आम नेपालीहरु ठुलो संख्यामा पैदलै आफ्नो देश नेपाल फिर्ता हुन्थालेपछि उनीहरू लाई प्रदेश २ र स्थानीय तहले संचालन गरेको मापदण्ड बिनाको क्वारेन्टाइनमा राखिनथालियो।जहाँ कुनै स्तरीय सुविधा थिएनन् ।तर पनि केही हदसम्म बाहिर बाट आएको मानिसहरु व्यवस्थापन चाहिँ भैरहेको थियो ।
प्रदेश २ को अधिकान्श क्वारेन्टाइनहरु त न्युनतम मापदण्ड पूरा गर्ने खालको पनि थिएनन् । लकडाउन शुरुआत भए लगतै सरकारले नेपालमा आउनेदिनमा ठुलो संख्या कोरोना संक्रमण हुने संकेत देखाउदै त्यही बेला अझै ठुलो क्षमताको क्वारेन्टाइनहरु राख्ने कुरा गरेको थियो । प्रदेश २ सरकारले क्वारेन्टाइनको व्यवस्थापनको लागि आवश्यक निर्देशिका पनि बनाएको थियो।तर त्यो निर्देशिका र सरकारको ठुलो ठुलो वाचाहरु सबै झुठो सावित भए ।
जबकी कोरोना सङ्क्रमण प्रभावित मूलुक-प्रदेश-स्थानीय तहबाट आएका मानिसहरुलाई उनीहरु भित्रन चाहेको देश-प्रदेश-स्थानीय तहले आफ्नो ठाउँमा कोरोना सङ्क्रमण नफैलियोस् भनी आगमनकर्तालाई गन्तब्यमा पुग्नु अगावै स्क्रीनिङका लागि रोकेर राख्ने प्रयोजनका लागि बनाइएको एक मात्र ठाउँ क्वारेन्टाइन नै थियो । सङ्क्रमण छैन भन्ने पुष्टि भैसकेपछि मात्र सो स्थानबाट उनीहरुलाई गन्तब्य स्थल जान दिइन्थ्यो । जो चाहि कोरोना संक्रमण पोजेटिभ हुन्थ्यो उसलाई तुरुन्तै आइसोलेशन राख्ने गरिन्थ्यो । त्यो आइशोलेशन पनि अव्यवस्थित नै थियो र छ।तर त्यो सबै कुराहरु बिस्तारै हराउदै गयो। बाहिर बाट आउनेहरुलाई मात्रै क्वारेन्टाइनमा राख्ने भन्ने कुराको भ्रममा पालेका थिए स्थानीय सरकार एवं प्रदेश सरकारले त्यो कुरा आज स्पष्ट हुँदैछ। अहिले भन्दा केही दिन पहिला सम्म बाहिर बिदेश रहेको नेपालीहरु फिर्ता हुने क्रम जारी थियो। त्यही क्रम बिस्तारै हराउँदै गयो र प्रदेश सरकार र स्थानीय सरकार क्वारेन्टाइनहरुलाई हटाउदै गए। तर वास्तविकमा कोरोना भाईरसको अन्त या कुनै निश्चित भ्याक्सिन नआउनुन्जेलसम्म क्वारेन्टाइन लाई व्यवस्थित तरिकाले राखिराख्नुपर्ने थियो ।
किनभने कोरोना पोजेटिभ भएको व्यक्ति सङ कन्ट्रयाक्ट ट्रेसिङमा जो जति मानिसहरु हुन्थ्यो उनीहरू लाई पनि क्वारेन्टाइनमै राखदा सुरक्षीत हुन्थ्यो। र जब टेस्ट भएर रिजल्ट निगेटिभ आउथ्यो अनि मात्रै कन्ट्रायक्ट ट्रेसिङम रहेकोहरु छाडिनुपर्थ्यो र जो पोजेटिभ हुन्थ्यो त्यसलाई आइसोलेशनमा सिफ्ट हुन्थ्यो । तर क्वारेन्टाइन हरु नभए पछि कोरोना पोजेटिभ व्यक्तिसङको कन्ट्र्याक्ट ट्रेसिङ अर्थात भेटघाट गरेकोहरु लाई छिट्टै क्वारेन्टाइनमा नराखे पछि ती व्यक्तिहरु भुलबस कोहि चिया पसलमा हुन्छन् त कोहि सडकमा घुमिरहेका हुन्छन् । र यो क्रम एकदमै खतरापूर्ण कुरा हो। आज यस्तै यस्तै ठूलो गलतीको कारणले प्रदेश न २ मा सबैभन्दा बढी कोरोना संक्रमण दर देखिएको छ। यदि व्यवस्थीत ढंगले कार्य गरिएन भने अझै धेरै बढने सम्भावना देखिन्छन् ।विस्तारै लकडाउन भरी यो प्रदेश सरकार र स्थानीय तहले वडा वडा स्तरमै क्वारेन्टाइन क्षमता बढाउदै लैजानुपर्ने थियो।तर प्रदेश र स्थानीय सरकारले लकडाउन भरीमा भ्रष्टाचार गर्नमै व्यस्त रहे। कोरोना महामारीमा पनि सत्तामा भएको जनप्रतिनिधिहरु मानवीयता राखेनन। भर्खरै प्रदेश २को स्वास्थ्यको जिम्मा लिएका समाजिक विकास मन्त्रालयका भ्रष्टाचारी मन्त्री नवलकिशो साह र मन्त्रीको छोरा करोडौं रुपैयाँको भ्रष्टाचार गरेकाे न्युज बाहिरिएका छ ।
चार लाख रुपैयाँ पर्ने भेन्टीलेटर १५ लाखमा खरीद गर्दा ३ करोडभन्दा बढीको चलखेल हुने थियो । अलिकति पनि लाज भएनन् यी भ्रष्टाचारीहरु अहिलेसम्म किन कुर्सीमा छन् ? संयोगवस भ्रष्टाचार हुने समाचार बाहिरिएपछि मन्त्रालयलाई टेण्डर नै रद्द गर्नुपरयो । समाजिक संजाल प्रदेश २ का आम जनताले आइशोलेशन र क्वारेन्टाइनको व्यवस्थापन तथा भेण्टिलेटर क्षमता बढाउनको लागि दबाब दिइरहेका छन् ।तरपनि अहिलेसम्म प्रदेश २सरकारले भेण्टिलेटरको व्यवस्थापन गर्ने सकेको छैनन्।यता प्रदेश २ मा उपचार नपाएर आइसोलेशनमा भेन्टिलेटर बेड नपाएर दिनदिनै मानिसहरूले ज्यान गुमाइरहेका छ्न। एउटा दर्दनाक घट्ना ‘राजु सदा’ जसलाई झाडापखाला लागेपछि पेट दु:खदा प्रादेशिक अस्पताल भित्र एउटा समान्य उपचार पनि नपाएको कारणले उनको ज्यान गएको कुरा कसलाई थाहा छैन।त्यति मात्रै हैन राजु सदाले अस्पताल सम्म आउनको लागि एउटा एम्बुलेन्स पनि पाएनन् र बाध्यतात्म्क परिस्थितिमा उनलाई टिफरमा बोकेर ल्याइयो।उता एम्बुलेन्स नपाएर जटही नाका बोर्डरमा ज्यान गुमाएको कुरा पनि सबैलाई थाहा नैछ।हिजोअस्ती भ्रखरै बिरगंजमा एउटा महिला बिरामी पर्दा कुनै अस्पताल भर्ना लिएनन् र उनको ट्याम्पुमै ज्यान गयो
।
कोरोना नियन्त्रण र क्वारेन्टाइन व्यवस्थापनको नाउँमा प्रदेश २ सरकारले करोडौं खर्च गरे ।त्यसै अनुरुप प्रत्येक स्थानीय तहले पनि करोडौं रुपैयाँ खर्च गरे । तर ती जनताको करबाट उठेको पैसाको कुनै उपलब्धि देखिएनन् । हरेक ठाउँमा जनप्रतिनिधिहरुले भ्रष्टाचार गरे। प्रती घर एउटा मास्क र एउटा साबुनमै करोडौं बिल पास गराइयो। असारे बजेट खायो र क्वारेन्टाइन हटाइयो। जुनकुरा अहिले समाजको लागि घातक सावित भएको छ।
नेता र धनी मान्छे लाई के जान्छ र , अहिले पनि ऊनीहरुलाई कोरोना संक्रमण हुने बित्तिकै या अन्य बिरामी पर्ने बित्तिकै प्रदेश २ नै छाडेर हेलिकप्टर चढेर काठमाडौ भागेका छन् । त कोहि मन्त्री संक्रमीत भएपछि अस्पतालको आइसोलेशनमा नबसेर आफ्नो घरमै बसिरहेका छन् । तर आम जनता लाई कोरोना पोजेटिभ भएपछि सरकारले जनतालाई सडेगलेको दुर्गन्धित सुविधा विहिन अस्पतालको आईसोलेशनमा राखिरहेका छन् ।दुखको कुरा यति धेरै बजेट स्वास्थ्य क्षेत्रमा खर्च गरिए तर प्रदेश २ अहिलेसम्म एउटा भेन्टिलेटर पनि पाउने अवस्था छैनन् । जनता कै पैसाको पावर मन्त्री नेता चाहिँ काठमाडौ गएर उपचार गराउने र आम जनता लाई सुविधा युक्त अस्पताल पनि उपलब्ध नगराउने ।यो लोकतन्त्र होइन लुटतन्त्र हो। अब अझै कति भेदभाव सहन्छ्न आम जनता ?
आशुतोष नविन, नेविसंघ महोत्तरी जिल्ला सभापति हुन्
प्रतिक्रिया