रोजगारी नपाएर सडकमा आउन बाध्य तेस्रो लिङ्गीभन्दा उनीहरुका ग्राहक बढी दोषी हुन् : सुमन लामा
इटहरी / लैंगिक तथा यौनिक अल्पसंख्यक (एलजीबीटीआई) समुदायका मानिसहरु नेपालमा धेरै अघिदेखि सार्वजनिक भइसकेका छन् । उनीहरु आफूलाई पुरुष वा महिलाको भन्दा फरक यौन अभिमुखीकरण भएको व्यक्ति बताउँछन् । एलजीबीटीआई समुदायको यही फरक यौन अभिमुखीकरणका कारण नेपाली समाजले उनीहरुलाई भेदभावपूर्ण व्यवहार गर्दा उनीहरु पीडित बन्नु परेको छ ।
समानताको सिद्धान्तलाई नेपालको संविधान २०७२ ले आत्मसात गर्नुका बाबजुद सरकारले उनीहरुलाई पहिचानसहितको नागरिकतासमेत दिन आनाकानी गरिरहेको छ । यस्ता विविध समस्याहरुबारे यो समुदायको हकहित संरक्षणका लागि कार्यरत सँस्था निलहिरा समाज (ब्ल्यु डायमण्ड सोसाइटी) का सामुदायिक वकालतकर्ता सुमन लामासँग गरिएको कुराकानीः
प्रतिक्रिया