महामारीका कारण खस्केकाे सांगीतिक उद्योगमा केही टेवा पुगाेस् भन्नकालागी गीत सङ्गीत निर्माणमा सक्रिय छु । पाेखरेल
इटहरीमा सञ्चालित एपेक्स अस्पतालका निर्देशक अशेक पाेखरेल अस्पताल लगायत लगायत बिभिन्न व्यवसाय संचालनका अलवा गीत सङ्गीत निर्माणमा सक्रिय रहेका छन् । सफलता पूर्वक बिराटनगर जुटमिल लिमिटेडमा चेयरमेनकाे जिम्मेवारी सम्हालिसकेका उनिमा पछिल्लो समय गीत सङ्गीत प्रतिको आकर्षण बढ्दाे छ । उनका कति राम्री, पल पल तिम्राे याद, पियारी, मयुर जाेडी, छुरा धस्नेबानी, जति रूनु राेए लगायतका गितहरू बजारमा आइसकेका छन् । उनि यसबेला एक चलचित्र निमार्णमा समेत सकृय रहेका छन् ।
समाजसेवा र सामाजिक अभियानताकाे रूपमा स्थापित पाेखरेलको चर्चा नेपाली चलचित्र र गीत सङ्गीतमा समेत हुने गरेको छ । इटहरीका स्थायी बासिन्दाको रूपमा रहेका उनी देशमा मात्रै नभएर विदेशमा समेत परिचित व्यक्ति हुन । पूर्वेली न्यूजले उनी सँग रहेको कुराकानीको सम्पादित अंश ।
गीत सङ्गीत प्रति कसरी आकर्षित हुनु भयो ?
गीत सङ्गीत प्रती हरेक जिबजन्तुकाे बिशेष आर्कषण रहेकाे हुन्छ । संङ्गीत बिना का जीवन कल्पना समेत गर्न सकिन्न । याे सृष्टिमा संङ्गीतकाे जस्ताे आनन्द अरू के ले नै दिन्छ र ? गीत सङ्गीतले मानब जिवनलाइ सदैव सकरात्मक साेच ल्याउनकाे साथै यसले जिवललाइ उर्जावान बनाउछ । यसले डिप्रेसनबाट समेत टाढा राख्ने गर्दछ । हिजाेका दिनमा अरूले गीत सङ्गीत निर्माण नगरिदिएकाे भए हामीले यसबाट टाढा हुन्थ्याै । भाेलिका सन्नतीका लागी मैले पनी यस क्षेत्रमा केही गर्नु पर्छ भन्ने उदेश्यले लागी परेकाे हु । म गित संगित मनोरञ्जन लिन र तनावबाट भुल्न धेरै गीत सङ्गीत सुन्ने गर्छु । मनोरञ्जनका लागि मुख्यतया गीत सङ्गीतको नै उपयाेगी हुने गरेको छ । मनोरञ्जनका अलवा तनाव कम गर्न गीत सङ्गीत आवश्यक भएकाले यस प्रति मेरो आकर्षण बढेको हो ।
गीत सङ्गीतमा बाल्यकालदेखीकै चाहाना हो कि समयको माग ?
चाहाना त बाल्यकाल देखी नै हो । विभिन्न कारणले गर्न सकिएको थिएन, अहिले हेर्दा समयको माग जस्तो पनि देखिन्छ तर सानै उमेर देखि मेरो गीत सङ्गीतमा रुचि थियो । तनाव भुल्न म धेरै गीत सङ्गीत सुन्ने क्रममा अझै आकर्षण बढ्यो र अहिले यो क्षेत्रमा प्राथमिकता साथ काम गरिरहेको छु ।
कोरोना महामारीका बिच गीत सङ्गीतकाे बजारमा आउनु भएकाे छ , चुनौती कत्तिको देख्नु हुन्छ ?
मलाइ चुनौतीमा नै काम गर्न रमाइलो लाग्छ । यस्तो विषम परिस्थिति सधैँ रहिरहने पनि होइन, त्यसैले त्यस्तो चुनौती त मैले देखेको छैन । याे एक प्रकार हेर्ने हाे भने मानवसेवा पनि हाे । अब नयाँ वातावरण बन्दै छ यसलाई सदुपयोग गरेर काम गर्नु पर्छ । मैले चलचित्र निर्माणकार्य पनि थालेकाे छु । चुनौतीलाई अवसरको रूपमा हेरेर काम गर्नु पर्छ सफल भइन्छ भन्नेमा विश्वस्त छु ।
माेफाेसलमा बसेर काम गर्न कति सहज छ ?
त्यस्तो सहज पनि छैन । सबैले केन्द्र, काठमाडौँमा नै बस्नु पर्छ भन्ने पनि छैन । प्रविधिका कारण अहिले जहाँ बसेर पनि काम गर्न सक्ने अवस्था छ । हाम्रो देश सानो छ जता बसेर काम गरे पनि केन्द्र सँग जोडिन अप्ठेरा छैन ।
इटहरीमा रहेर लामाे समय देखी अस्पताल संचालन गर्दै हुनुहुन्छ, यसबारे कहि बताउनुहाेस् न ?
एपेक्स हस्पिटलले इटहरीमा रहेर गुणस्तरीय स्वास्थ्य सेवामा प्रदान गरिरहेको छ , यसले अझै राम्राे सेवा प्रदान गर्ने कुरामा म विश्वस्त छु । हाल २५ बेडको अस्पताल सञ्चालन गरिरहेका छौँ । जसमा अर्थाेपेडिक्स सेवा पनि रहेको छ । यसमा हात खुट्टा भाच्चिएकाे, जोर्नी आदिको सम्पूर्ण उपचार हुने गरेको छ । जेनेरल सर्जरी लगायतका सेवाहरू पनि रहेका छन् । २४ घण्टा फिजिसियन डाक्टरको उपस्थितिमा सेवा सञ्चालन भइरहेको छ । अब निकट भविष्यमा यसलाई ५० शैयामा पुर्याउने सोचमा छौँ ।
नयाँ व्यवसायीहरूलाइ के भन्न चहानुहुन्छ ?
व्यवसाय गर्दा सधैँ हिम्मत चाहिँदो रहेछ । हिम्मत साहस र आत्म विश्वासका साथ काम गर्न सकियो भने सफल भइन्छ जस्तो लाग्छ । नयाँ व्यवसायीहरूले यसैलाइ आत्मसाथ गर्ने हाे भने सफलता मिल्ने गर्छ ।
अस्पतालका अलवा आगामी याेजना के कस्ता रहेका छन् ?
यसका अलावा म इटहरीमा हाेटल व्यावसाय सञ्चालनको तयारीमा छु । कृषि क्षेत्रमा पनि केही कार्य गर्ने योजना रहेको छ । यसरी नै दिनचर्या बिती रहेकाे छ ।
प्रतिक्रिया