इटहरीकाे सान्वी सिटी हस्पिटल : अत्याधुनिक सेवा सुविधा सहित चौबिसै घण्टा इमर्जेन्सी सेवा

इटहरी । इटहरी १६ लविपुर स्थित डेढ वर्ष अघि स्थापना भएको सान्वी सिटी हस्पिटल पछिल्लो समय सेवाग्राहीहरूको मन जित्न सफल बनेको छ । इटहरीका चार जना युवाहरूले १३ करोड भन्दा बढीको लगानीमा स्थापना गरेको यस हस्पिटलले सहरी सँगै ग्रामीण भेगका जनतालाई पनि स्वास्थ्य सेवामा समेटेको छ ।

इटहरी चौक आसपास बनेका अस्पतालहरूले सहरी क्षेत्रका वासिन्दाहरुलाई सेवा प्रदान गरिरहँदा ग्रामीण भेगका बासिन्दाहरू स्वास्थ्यको पहुँचबाट टाढा रहेको अवस्थालाई मध्यनजर गर्दै सान्वी सिटी हस्पिटलको स्थापना भएको हस्पिटल सञ्चालक मध्येका उत्तम चौधरीले बताए ।

 

बिरामीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै हस्पिटलले अत्याधुनिक प्रविधि सहितको डिजिटल एक्स-रे मेसिन , ल्याब , भिडियो एकसरे , एआरएम ,फोटो थेरापी , इसिजि लगायतका सेवाहरू प्रभावकारी रूपमा सञ्चालन गरिरहेको छ ।

त्यस्तै अस्पतालले २४ सै घण्टा इमरजेन्सी, नर्मल डेलिभरी , फार्मेसी, ल्याब,आइसियु, एन आइसियु,मेडिकल,सल्यकृीया , सर्जरी,लगायतका सेवाहरूलाई पनि थप प्रभावकारी बनाएको छ । अस्पतालले दक्ष चिकित्सकहरूद्वारा महिला तथा बालबालिका सम्बन्धी सम्पूर्ण रोगको उपचार सँगै , हार्डजोर्णी सम्बन्धी ,छाला तथा यौन रोग , दाँत सम्बन्धी , नाक कान,घाटी सम्बन्धी सबै रोगहरूको सुपथ मूल्यमा उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।

सुनसरीका इनरुवा, प्रकाशपुर, वराहक्षेत्र, रामधुनीसहित इटहरीको लबीपुर र बजार क्षेत्रका बिरामीहरूलाई लक्षित गरी अत्याधुनिक सेवा सुविधाका साथ सञ्चालन भइरहेको सान्वी हस्पिटलमा हाल ४० जनाले प्रत्यक्ष रोजगार पाएका छन् भने दैनिक दक्ष चिकित्सकहरूले समय तालिका अनुसार सेवा प्रवाह गर्दै आएका छन् ।

इटहरीका सञ्जय कुमार श्रेष्ठ , ज्याकी कुमार लेखी , सुजित ढुङ्गेल र उत्तम चौधरी मिलेर १३ करोड बढी लगानी सहित सञ्चालनमा ल्याइएको यस हस्पिटलमा हाल दैनिक ७० देखि सय जना सम्मले विभिन्न रोगको उपचार गराउने सञ्चालकहरू बताउँछन् । हस्पिटल अपाङ्ग मैत्री छ भने सरसफाइमा पनि उत्तिकै अब्बल देखिएको छ । आगामी दिनमा सय बेड राख्ने तयारीमा जुटेको हस्पिटलमा हाल २५ सैया रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित