पाथीभरा स्कुलका विद्यार्थीहरूलाई लागु औषध दुर्व्यसन विरुद्ध सचेतना

इटहरी । सुनसरीको इटहरीस्थित पाथीभरा सेकेन्डरी स्कुलका विद्यार्थीहरूलाई लागुऔषध सेवन गर्दा सामाजिक तथा व्यवहारिक सँगै स्वास्थ्यमा पर्ने नकारात्मक असर र एेन कानुन बारे एक दिने सचेतना कार्यक्रम सम्पन्न भएकाे छ । पाथीभरा स्कुलको आयोजना र धरानस्थित आसरा सुधार केन्द्रको सहजीकरणमा सो कार्यक्रम सम्पन्न भएको हो । 

स्कुलमा अध्ययनरत कक्षा ८ ,९ र १० का विद्यार्थीहरूलाई लागूपदार्थ के हो ? यसले मानव स्वास्थ्य सँगै सामाजिक, पारिवारिक, भौतिक, र आर्थिक सँगै आफूलाई पनि कसरी नकारात्मक बनाउँछ ? स्वास्थ्य खराब हुनुका साथै ज्यानै जाने जस्ता उपयोगी सन्देश प्रवाह गर्दै एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको हो । 

लागु औषधमा विद्यार्थीहरू नफसुन् भन्ने उद्देश्यले एक दिन भए पनि यहाँका बिद्यार्थीहरूलाइ लागु औषध सम्बन्धी सचेतना जगाउन यो कार्यक्रम गरिएको पाथीभरा सेकेन्डरी स्कुलका अध्यक्ष निर्मल रिजालले बताए । कार्यक्रममा कक्षा ८,९ र १० का गरी ३०० जना बिद्यार्थीहरूकाे सहभागिता रहेको थियो ।

आसरा सुधार केन्द्रका वरिष्ठ काउन्सिलर टिकाराम सिग्देलले बिद्यार्थीहरूलाइ सहजिकरण गरेका थिए । कार्यक्रममा आसरा सुधार केन्द्रका प्रहरी निरीक्षक जस बहादुर लिम्बु , पाथीभरा स्कुलका प्रिन्सिपल  गोपाल श्रेष्ठ लगायत शिक्षक एवम् कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित