धरानकाे सरस्वती बाल आश्रम पुग्याे एक्सपर्ट : बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण (तस्विरहरू )
धरान । सुनसरीको धरान उपमहानगर ३ स्थित सरस्वती बाल आश्रममा आश्रित बालबालिकाहरूलाई बुधवार बिहान शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ । एक्सपर्ट एजुकेसन भिजा सर्भिस प्राली धरान शाखाले बुधवार आश्रममा पुगेर आश्रित बालबालिकाहरूलाई एक छाक भोजन सँगै शैक्षिक सामग्री र खेलकुद सामग्री वितरण गरेको हो ।
स्थापनाको २१ वर्षमा प्रवेश गरेको अवसर पारेर सामाजिक उत्तरदायी अन्तरगत एक्सपर्टले धरानको आश्रममा बालबालिकालाई आवश्यक कपिकलम, इरेजर लगायत खेलकुद सामग्री वितरण गरेको एक्सपर्ट एजुकेसन भिजा सर्भिस प्रा.ली. धरान फाइनान्स म्यानेजर विमल पराजुलीले बताए ।
आश्रममा हाल २५ जना बालबालिका आश्रित छन् । कार्यक्रमको सुरुवात केक काटेर गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एक्सपर्ट एजुकेसन भिजा सर्भिस प्रालीका पूर्वाञ्चल प्रमुख कमल तिम्सिनाले शिक्षण पेसा र व्यवसाय सँगै सामाजिक काम ,मानवीय धर्मलाई पनि आत्मसाथ गर्दै आस्रमका बालबालिकाहरूलाई एक छाक मिठो मसिनो खाना ,स्टेसनरी सामग्री र खेलकुद सामग्री वितरण गरेको बताए ।
उनले आश्रममा रहेका बालबालिकाहरूलाई भविष्यमा अायल्स गर्नुपरे एक्सपर्टले निःशुल्क शिक्षा प्रदान गर्ने घोषणा गरे । त्यस्तै कार्यक्रमका सभाध्यक्ष आश्रमका महासचिव हरि प्रसाद साहीले एक्सपर्टको नाम थुप्रै सुनेको तर प्रत्यक्ष भेटघाट गरी कामहरूबारे सुनेपछि खुसी लागेको बताउँदै सामाजिक काममा अझ सकृिय भएर लाग्न सुझाव सहित शुभकामना दिए ।
एक्सपर्टले अस्ट्रेलिया , क्यानडा , युके , युएसए लगायत अन्य देश जाने विद्यार्थीहरूलाई शैक्षिक परामर्श सहित बिना झन्झट भिजाकाे व्यवस्था मिलाउँदै ती देशका कलेजहरूमा अध्ययनका लागि पठाउने गरेको छ ।
प्रतिक्रिया