विराटनगरस्थित लाइफगार्ड अस्पतालमा आगलागी
माेरङ । विराटनगरस्थित लाइफगार्ड अस्पतालमा आगलागी भएको छ । अस्पतालको आईसीयूमा आइतबार दिउँसो ३ बजेतिर आगलागी सुरु भएको थियो । आईसीयू खाली भएकै समयमा नै आगाे लागेकाेले कुनै मानविय क्षती भएन ।
आगलागी नियन्त्रणमा लिन विराटनगर महानगरसहितका पालिकाबाट आएका दमकल परिचालन गरिएको थियाे । अस्पतालमा बिजुली सर्ट भएर आगो लागेकाे हुन सक्ने प्रहरीकाे अनुमान रहेकाे छ । विराटनगर महानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया