कोशी अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्न सम्झौता

काठमाडौं । विराटनगरस्थित कोशी अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार सम्झौता भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितीमा अस्पतालमा अस्पतालमा विस्तारित सेवा दिने विषयमा भक्तपुर क्यान्सर अस्पताल तथा सेवा सञ्चालन गर्ने विषयमा कोशी अस्पतालले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलसमेत उपस्थित कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्वल चालिसे र कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रविनराज सिंहबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

गत साउन २७ गते उनले घोषणा गरेको योजना तथा प्राथमिकतामा सबै प्रदेशबाट क्यान्सरको उपचार सेवा उपलब्ध गराउने उल्लेख थियो । सोही अनुसार भक्तपुर क्यान्सर अस्पतालले अब कोशी अस्पताललाई क्यान्सरसम्बन्धी बिरामीको पहिचान र निदानसम्बन्धमा सेवा दिन सघाउनेछ । कोशीमा क्यान्सर उपचारका लागि चापका आधारमा सेवामा सघाइने भक्तपुर क्यान्सर अस्पतालले बताएको छ ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले लामो समयपछि सबै प्रदेशमा क्यान्सरको परीक्षण र निदान सुरु हुने अवस्था आएको बताए । उनले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन सकिए नागरिकको ठूलो धनराशी जोगिने र राज्यको छरिएको रकमसमेत एकत्रित हुँदा उपचार सहज हुने बताए ।

मन्त्री पौडेलले कोशी प्रदेश सरकारको सक्रियतामा विराटनगरस्थित शैलजा आचार्य हृदयरोग केन्द्रको निरीक्षणसमेत गरेका छन् । त्यसक्रममा उनले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रसँग समन्वय गरेर केन्द्रको उपचार प्रभावकारी बनाउन सघाउने बताए ।  जनशक्ति र प्याथ ल्याब सञ्चालनमा समेत सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए । 

प्रतिक्रिया

सम्बन्धित

चार सय पोस्ट ग्रयाजुएट विद्यार्थी कोटा थप्ने गरी न्याम्समार्फत शिक्षक दरबन्दी थपिदै

चार सय पोस्ट ग्रयाजुएट विद्यार्थी कोटा थप्ने गरी न्याम्समार्फत शिक्षक दरबन्दी थपिदै

सातै प्रदेशमा अटिजम बालबालिकाका अभिभावकलाई तालिम केन्द्र विकास गर्ने तयारी

सातै प्रदेशमा अटिजम बालबालिकाका अभिभावकलाई तालिम केन्द्र विकास गर्ने तयारी

बाढी पहिरोपछि संक्रमण फैलन नदिन सर्वपक्षीय बैठक, काठमाडौँमा सतर्कता

बाढी पहिरोपछि संक्रमण फैलन नदिन सर्वपक्षीय बैठक, काठमाडौँमा सतर्कता

सातै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको निर्णय

सातै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको …

स्वास्थ्य बीमा सुधारका लागि डा. आचार्यको नेतृत्वमा सुझाव समिति गठन

स्वास्थ्य बीमा सुधारका लागि डा. आचार्यको नेतृत्वमा सुझाव समिति गठन

सुडानमा हैजाको प्रकोप, अहिलेसम्म ४३० को मृत्यु

सुडानमा हैजाको प्रकोप, अहिलेसम्म ४३० को मृत्यु

इटहरी अस्पतालमा बिरामीको मृत्युपछि तनाबः उचित ध्यान नदिएको  आक्रोश (भिडियाे )

इटहरी अस्पतालमा बिरामीको मृत्युपछि तनाबः उचित ध्यान नदिएको आक्रोश (भिडियाे )

इटहरीकाे वेदान्त हस्पिटलमा थपिए यस्ता सुविधा , अब यी राेगहरूकाे गरिन्छ सहजै उपचार

इटहरीकाे वेदान्त हस्पिटलमा थपिए यस्ता सुविधा , अब यी राेगहरूकाे गरिन्छ सहजै …